शेयर बजार साढे ५ अङ्कले बढ्यो, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

१३ पुस ७८, बुधबार

१४ पुस, काठमाडौं ।
शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ ।

Advertisement

नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ ।

यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Advertisement

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र नेपाल बङ्गलादेश बैंकको शेयर नौ प्रतिशतले बढेको छ । नारायणी विकास बैंकको शेयर भने झन्डै साढे तीन प्रतिशतले घटेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top