दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दोः जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता

१५ पुस ७८, बिहीबार
Share this
703shares

१५ पुस, एजेन्सी ।
दक्षिण कोरियामा जन्मदर निरन्तर घट्दोक्रममा देखिएको छ ।

Advertisement

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुको सङ्ख्या २० हजार ७ सय ३६ थियो । यो एक वर्ष पहिलेको भन्दा ५ दशमलव २ प्रतिशतले कमी हो ।

सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो । यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २ सय १६ रहेको थियो ।

Advertisement

यो सङ्ख्या गएको वर्षभन्दा ३ दशमलव ६ प्रतिशतले कमी हो। विवाहमा ढिलाइले बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ ।

पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार जन्मदरमा आएको निरन्तरको कमीले दक्षिण कोरियामा जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता समेत बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top