विश्वकर्मालाई ४८ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ, साउन २८
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले गृहमन्त्री, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी गराए ।

आइतबार विश्वकर्माका तर्फबाट नगेन्द्रबहादुर सिंह विश्कर्माले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द गौतम, शेरबहादुर केसी, विश्वप्रकाश भण्डारी, एकराज भण्डारी, हरि फुयाँललगायत १३ जनाले बहस गरेका थिए । सरकारले चन्दा उठाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top