थप ३८२ जनामा कोरोना संक्रमण

१६ पुस ७८, शनिबार

१७ पुस, विराटनगर ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ।

शनिबार २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ९६९ सक्रिय संक्रमित रहेका छन्।

Advertisement

गत २४ घन्टामा ५ हजार ७ पीसीआर तथा १५ हजार ९५२ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top