Nepal Times
Nepal Times
3
Shares

नगरपालिकाद्धारा सुत्केरीलाई घरमै भाले र घिउ

नगरपालिकाद्धारा सुत्केरीलाई घरमै भाले र घिउ

धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।

यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको भाले, एक माना घिउ, दाल, चनालगायतका पौष्टिक खाना र माआका लागि न्यानो झोला दिने गरिएको छ ।

मेयर बिर्खबहादुर राईले भन्छन् “स्वास्थ्य कार्यकर्ता, वडासचिवसहितको टोली सुत्केरीको घरमै पुगेर जन्मदर्ता र आमाको स्वास्थ्य परीक्षण पनि गछौँ ”। उनले आर्थिक अवस्था हेरेर पाँच सयदेखि हजार रुपैयाँसम्म सहयोग पनि गर्ने गरेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.