हेइटीका प्रधानमन्त्री हत्याको प्रयासबाट जोगिए

१९ पुस ७८, मंगलबार

२० पुस, एजेन्सी ।
शनिवार देशको स्वतन्त्रता दिवस समारोहका क्रममा बन्दुकधारीहरूले हेइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई मार्ने प्रयास गरेको अधिकारीहरूले जनाएका छन्।

उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको बताइएको छ। अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।

गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि हेइटीको सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ।

आङ्ग्रीले अपहरण मामिलाका आरोपितहरू र देशभरिको ग्यास वितरणलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहविरुद्ध कारबाहीको वाचा गरेका छन्। प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खाल पछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिशपलाई धम्की दिएको समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।

सुरक्षा निकाय र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको अनि दुई जना घाइते भएको बताइएको छ। पछिल्लो आक्रमण आङ्ग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार हो। उनी मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बनेका थिए।

त्यहाँ नयाँ राष्ट्रपति चयनका लागि मिति सार्वजनिक गरिएको छैन। हत्या गरिएका राष्ट्रपति मोइजलाई पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताइएको थियो। घटनामा प्रथम महिला पनि घाइते भएकी थिइन्।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि त्रिपन्न वर्षीय जोभनेल मोइजले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हालेका थिए।(बीबीसी)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top