×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

यसवर्ष पनि एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत हुने 

२० पुष २०७८

२० पुस, काठमाडौं ।
२०७८ सालको एसईई परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत नै हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको हालैको बैठकमा एसईई परीक्षाका सम्बन्धमा छलफल भएको र तत्कालका लागि कायम रहेको कानुनी व्यवस्था अनुसार नै अघि जाने तयारी रहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

Advertisement
Advertisement

‘संसदीय समितिले दिएको निर्देशनको मर्म संघीयता अनुसार कक्षा ८ को स्थानीय तह, १० कक्षाको प्रदेश तह र १२ कक्षाको राष्ट्रिय तहमा परीक्षा गर्नु भन्ने हो’, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘तर त्यो अनुसार परीक्षा गर्नका लागि कानुनी व्यवस्था हुनु पर्छ । तत्कालका लागि सो अनुसारको कानुनी व्यवस्था छैन ।’

हालको शिक्षा ऐनले कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गरी सोही अनुसार नै प्रमाणपत्र वितरणको जिम्मेवारी दिएको उनले बताए । ‘तत्कालका लागि कानुनी रुपमा स्पष्ट नभई वा जिम्मेवारी थप स्पष्ट हुने गरी ऐनमा संशोधन नभएसम्म बोर्डबाटै परीक्षा हुन्छ’, उनले भने ।

अहिले नै एसईई परीक्षालाई लिएर ठोस निर्णय नभएको र आफूहरु आन्तरिकसँगै संसदीय समितिसँग पनि छलफलमा रहेको अध्यक्ष शर्माले जानकारी दिए ।

पुस ८ गते बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) नै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । कक्षा १२ सम्म विद्यालय तह भएकाले १० मा लिइने राष्ट्रिय परीक्षा खारेज गर्न समितिले निर्देशन दिएको हो ।

तर बोर्डका अध्यक्ष शर्माले भने समितिको निर्देशनमा थप स्पष्ट हुन बाँकी रहेको र त्यसका लागि छलफल जारी रहेको बताए । त्यसपछि कुन तहको परीक्षा कसले लिने र कसरी प्रमाणपत्र वितरण गर्ने भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनु पर्ने उनले बताए ।

Advertisement

तत्कालका लागि कायम कानुनले १० कक्षाको परीक्षा आफूहरुकै जिम्मेवारीमा रहेको उनले बताए । अहिले नै कहिले परीक्षा गर्ने भन्नेबारे यकिन नभएको तर विद्यार्थीहरुलाई परीक्षाको तयारीमा जुट्न भने आग्रह गरिने उनले बताएका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top