थप ३९३ जनामा कोरोना, ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

१९ पुस ७८, मंगलबार

२० पुस, विराटनगर ।
बितेको २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको स्याम्पल परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ ।

देशमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन् । यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top