×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

कांग्रेसका प्रदेश सभापतिले मागे केन्द्रमा अधिकार

२० पुष २०७८

२० पुस, विराटनगर ।
नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले पार्टी विधान संशोधन गरेर अधिकार बढाउन माग गरेका छन् ।

सोमबार सात वटै प्रदेशका सभापतिहरूले केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष पत्र बुझाउँदै आफूहरूलाई अधिकार बढाउन माग राखेका हुन् । केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने वैधानिक व्यवस्था र प्रदेश सांसदको लेबी सम्बन्धी प्रदेश कार्यसमितिको खातामा बुझाउने प्रक्रिया मिलाइदिन प्रदेश सभापतिहरूको माग छ । उक्त माग सोमबारको केन्द्रीय कार्यसमिति बैठक समेत राखिएको थियो ।

Advertisement
Advertisement

सातै वटै प्रदेशका सभापतिको प्रतिनिधित्व गरी लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय समितिमा माग राखेका थिए । काँग्रेसमा पहिलो पटक प्रदेश संरचनामा गएकाले सभापतिहरू केही अलमलमा देखिएका छन् ।

उनका अनुसार अहिलेसम्म प्रदेश सांसदको लेबी पार्टी केन्द्रको खातामै जम्मा गर्ने गरिएको छ । केन्द्रसँग समन्वयका लागि पनि आफूहरूले केन्द्रीय समितिमा भाग लिन पाउने वैधानिक व्यवस्थाको माग गरेको पुनको भनाइ छ ।

पार्टी विधानले प्रदेश सभापतिलाई प्रदेशभित्र १५ वटा अधिकार दिएको छ भने प्रदेश समितिलाई ३ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । तर केन्द्रीय समिति बैठकको पदेन सदस्य हुने व्यवस्था भने छैन ।

अहिले केन्द्रीय समितिले निर्णय लिएर प्रदेश सभापतिलाई केन्द्रीय समितिको पदेन सदस्य राख्नुपर्ने माग राखेको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए । उनले भने, ‘अहिले केन्द्रीय समितिले प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको पदेन सदस्यको व्यवस्था गर्नुपर्छ । पछि विधानमै त्यो व्यवस्था गर्न सकिन्छ ।’

यस्तै बलायरले प्रदेश सभापतिको वरियता पनि टुङ्ग्याउन भनेको बताए । उनले भने, ‘हामी प्रदेश सभापति ७ जना मात्र छौँ । हाम्रो वरियता केन्द्रीय सदस्यको भन्दा अगाडि हुनुपर्छ भन्ने हाम्रो माग हो । पार्टीमा १६८ जना केन्द्रीय सदस्य छन् । उनीहरूभन्दा हाम्रो वरियता तल हुने कुरा त भएन नि ’

प्रदेश सभापतिलाई केन्द्रीय कार्यसमितिको पदेन सदस्य बनाउने र वरियता रोक्ने विषयमा सभापति देउवा सकारात्मक रहेको बलायरको भनाइ छ । प्रदेश सभापतिको मागबारे छलफल नै नभएको उपसभापति पूर्णबहादुर खड्काले बताए ।

उनले भने, ‘हिजो प्रदेश सभापतिहरूले सभापतिलाई निवेदन बुझाउनु भएको छ । सभापतिले त्यो निवेदन हेर्नुहुन्छ । त्यसपछि पदाधिकारीसँग छलफल गर्नुहोला । त्यसको प्रक्रियाबारे पनि छलफल होला ।’ सभापति देउवाले यसबारे धारणा सार्वजनिक नगरी आफूले अहिले नै कुनै प्रतिक्रिया नदिने खड्काले बताए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top