Nepal Times
Nepal Times
3
Shares

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त खोप अभियान स्थगित

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको अतिरिक्त खोप अभियान स्थगित

२० पौष, काठमाडौँ । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘अतिरिक्त’ डोज खोप अभियान स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी केही लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ ।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ’ प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिइन् ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.