कोरोनाको खोप नलगाउनेहरुको जीवन ‘कष्टकर’ बनाउने फ्रान्सका राष्ट्रपतिको चेतावनी

२१ पुस, एजेन्सी।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले कोरोना विरुद्धको खोप नलगाएका नागरिकको जीवन कष्टकर बनाउने चेतावनी दिएका छन् ।

Advertisement

फ्रान्समा कोरोनाविरुद्धको खोप लगाउनेहरु घट्दै गएपछि राष्ट्रपति म्याक्रोले खोप नलगाउनेहरुलाई सरकारले झण्झट दिने र सार्वजनिक जीवनको धेरैजसो क्रियाकलापमा प्रतिबन्ध लगाउने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

खोप नलगाउनेहरुलाई कडा कारबाहीको प्रावधान समेटिएको एउटा विधेयक संसदबाट पारित नभएपछि आक्रोसित बनेका राष्ट्रपति म्याक्रोले अब सरकारले बल गरेर खोप नलगाउने तर खोपबाट भाग्नेहरुले धेरै सुविधाबाट बञ्चित हुनुपर्ने चेतावनी दिएको खबरमा उल्लेख छ ।

Advertisement

खोप नलगाउनेहरुलाई रेष्टुरेन्ट, सिनेमा हल, सरकारी कार्यालय लगायतका ठाउँमा प्रवेश निषेध गर्ने भन्दै राष्ट्रपति म्याक्रोले खोप लिन नमान्नेलाई आफूले घृणा गर्ने बताएका छन् । तर विपक्षीहरूले भने म्याक्रोले प्रयोग गरेको भाषा राष्ट्रपतिका लागि योग्य नभएको बताएका छन् ।

९० प्रतिशत वयष्क व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको फ्रान्स युरोपमै सबैभन्दा धेरै कोरोनाविरुद्धको खोप लगाउने देश हो । तर युवाहरुले खोप लगाउन आनाकानी गर्दा संक्रमण बढिरहेको छ । हिजो फ्रान्समा अहिलेसम्मकै धेरै दुई लाख ७१ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top