×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

सत्तागठबन्धनको ‘संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव’ संसदमा

२१ पुस, काठमाडौं ।
राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले संघीयतासम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन् ।

माओवादी केन्द्रका सांसद रामनारायण बिडारी, कांग्रेस सांसद जितेन्द्रनारायण देव, नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवर र जसपा सांसद प्रमिला कुमारीको समर्थनमा देवकोटाले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

Advertisement
Advertisement

स्वतन्त्र सांसद देवकोटाले राष्ट्रिय सभाबाट १५ निर्देशन होस् भनेर संकल्प प्रस्ताव दर्ता गराएका हुन् । आइतबार संसद् सचिवालयमा पेस भएको संकल्प प्रस्ताव बुधबार दर्ता भएको उनले जानकारी दिए ।

स्वतन्त्र सांसद देवकोटाको प्रस्तावमा सत्तारुढ ४ दलले समर्थन जनाए पनि विपक्षी एमालेले भने समर्थन जनाएको छैन । प्रस्तावक देवकोटाले एमालेका मुख्य सचेतक खिमलाल भट्टराईलाई आग्रह गरेका थिए । तर एमालेले उक्त प्रस्तावमा समर्थन भने जनाएन ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संविधानको मेरुदण्ड हो । यसबमोजिमको अभ्यासका क्रममा केही उपलब्धिहरू भएका छन । सिंहदरबारको अधिकार नागरिकको घरदैलोसम्म पुगेको छ ।

सानातिना कामका लागि केन्द्रसम्म धाइरहनुपर्ने परिस्थितिको अन्त्य भएको छ, संकल्प प्रस्तावमा भनिएको छ, राज्यका हरेक अंगमा समानुपातिक, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चित भएको छ । नागरिक सार्वभौमसत्तासम्पन्न भएका छन । तर कार्यान्वयन तहमा देखिएका कमजोरीका कारण नागरिकमा असन्तोष पनि छ ।

केन्द्रिकृत राज्यव्यवस्था परिवर्तनसँगै नागरिकले दीगो शान्ति, सुशासन, विकास र समृद्धिको ठूलो अपेक्षा लिएतापनि सोबमोजिम काम हुन नसकेको संकल्प प्रस्तावमा उल्लेख छ । संकल्प प्रस्तावमा सरकारका तहहरूबीचको सम्वन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा हुने संविधानको व्यवस्था पालना हुन नसकेको संकल्प प्रस्तावमा लेखिएको छ ।

२०७४ पछिका सुरुवाती दिनदेखि नै संघीय सरकारले संघीयता कार्यान्वयनमा तदारुकता नदेखाएका कारण समस्या उत्पन्न भएको सांसद देवकोटाले बताए ।

स्थानीय तहहरूमा जनशक्तिको अपर्याप्तताका कारण अपेक्षित उपलब्ध हासिक हुन नसकेको संकल्प प्रस्तावमा उल्लेख छ । ुना औचित्य शशर्त अनुदानका नाममा स–साना कार्यक्रम तथा योजनाहरू प्रदेश र स्थानीय तहमा पठाउने गरिएको छ ।

अधिकार र जिम्मेवारी प्रदेश र स्थानीय तहमा गएतापनि विभिन्न परियोजनाको नाममा संस्थागत संरचना थपगर्ने प्रवृत्ति मौलाएको छ, संकल्प प्रस्तावमा भनिएको छ, सरकारका तहहरू र राज्यसंरचनाबीचको गतिशीलता, सहकार्य र समझदारीमा कमीका कारण नागरिकप्रतिको जवाफदेहिता र उत्तरदायित्वको भावनामा ह्रास आएको छ ।

संघीय शासनप्रणाली कार्यान्वयनको पाँच वर्षको चक्र पनि पूरा नभएको स्थितिमा यसका सबल र दूर्बल पक्षका बारेमा सजिलै टिकाटिप्पणी गर्न अलि हतार हुने संकल्प प्रस्तावमा उल्लेख छ । स्थानीय तहबाट जनताका गुनासा सम्बोधन हुनुपर्ने सांसदहरूको माग छ ।

नेपालले विभिन्न शासनप्रणालीको अभ्यास गरेको सन्दर्भमा अब वर्तमान शासनप्रणालीको विकल्प खोज्नु हतार हुनेछ । कसिलो अन्तरतहसम्बन्ध, सबल वित्तीय संघीयता, कामयाबी प्रशासनिक संघीयता र कानुन तर्जुमाको क्रियाशीलतामा मात्रै सुधार हुने हो भने संघीयताको कार्यान्वयनमा खासै समस्या रहँदैन, संकल्प प्रस्तावमा भनिएको छ ।

संघीयतासम्बन्धी सांसदहरूले दर्ता गराएको संकल्प प्रस्तावमा राष्ट्रिय सभाबाट माग गरिएका निर्देशनः

१. अन्तरतहसमन्वयकारी संस्थाहरु क्रियाशील गराउन ।

२. सरकारका तहहरुबीचको कार्यक्षेत्रमा देखिएको दोहोरोपनाको अन्त्य गराउन ।

३. सरकारका तहहरुबीचको नीति निर्माण र कानून तर्जुमाका बीचमा तादम्यता कायम गराउन ।

४. २९ बुँदे संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजनाको पूर्ण कार्यान्वयन गर्न ।

५. अधिकार र कार्यवोझका आधारमा मात्र संस्थागत संरचनाहरु निर्माण गराउन ।

६. शशर्त अनुदानका नाममा स–साना योजना तथा कार्यक्रमहरु वाँडफाँड बन्द गराउन ।

७. सहभागितामूलक योजनातर्जुमा पद्धतीलाई कार्यान्वयन गराउन ।

८. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश वमोजिम हुने संविधानको व्यवस्थाको कार्यान्वयन गराउन ।

९. प्रदेश र स्थानीय तहमा देखिएको कर्मचारीहरुको न्यूनता पुरा गर्न ।

१०.प्रहरी लगायत प्रदेशमा समायोजन र हस्तान्तरण गर्न बाँकी संरचनाहरुको व्यवस्थापन गराउन ।

११. स्थानीय तहका पदाधिकारीहरुको सेवा–सुविधा (९ सवारी साधनसहित) मा एकरुपता कायम गराउन ।

१२. प्रदेशमा हुने मन्त्रालय र मन्त्रिको संख्यालाई चुस्त बनाउन संविधान संशोधनको गृहकार्य गराउन ।

१३. कानून तर्जुमामा तीव्रता दिन र यसको मस्यौदा निर्माणमा प्रदेश र स्थानीय तहको सहभागिता सुनिश्चित गर्न , र

१४. संघ, प्रदेश र स्थानीय तहबीचको सम्वन्धलाई सुदृढ समन्वयात्मक र सहज बनाउन आवश्यक प्रवन्ध मिलाउन ।

Advertisement

१५. सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ को प्रतिवेदन सार्वजनिकरण र कार्यान्वयन गराउन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top