गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न पूर्वराष्ट्रपतिको आग्रह

२० पुस ७८, बुधबार

२१ पुस, काठमाडौं ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गरेका हुन् ।

बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए ।

प्रकृतिमैत्री क्षेत्रमा लगानी गरे रोजगार सृजना हुन्छ

पूर्व राष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंसा गरे । पूर्व राष्ट्रपटि डा. यादवले भने,‘ नेपाल सुन्दर देश छ ।

तपाईहरुले गरिरहेको काम सह्रानीय छ । तपाईहरुले सारा नेपालीहरुलाई जोडेर, गैह्रआवासीय नेपालीहरुलाई जोडेर आफ्नो ज्ञान, सीप, पूँजि कसरी नेपालमा आएर केही गरौँ भनेर जुन पवित्र भावनाले काम गर्नुभएको छ । त्यो सह्रानीय छ ।

नेपालमा लगानी गर्न आउनुहुन्छ भने नेपालको भूगोल, भू–बनावट र यहाँको प्रकृतिमैत्री काम तपाईहरुले के छ भनेर चिन्ता गर्नुहोस् । प्रकृतिमैत्री कामहरुमा लगानी गरेर पैसा आर्जन गर्नुहोस् ।

तर यहाँ कुन काम लगाउने, त्यो हाम्रो प्रकृतिमैत्री र हाम्रो सोर्स बेस हाम्रो एग्रिकल्चर, हाइड्रो पावर, टुरिजम यस्ता कुरामा धेरै सम्भावना छ ।’ त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top