विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

२१ पुस, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताएकी छिन् ।

बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताएकी हुन् ।

अपहरण, बलात्कारजस्ता विकृतिलाई न्यूनिकरण गर्न भूमिका खेल्नुपर्छ

उनले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनिकरण गर्न समाजिक संघसंस्थाहरुको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरुले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरु समाधान गर्नुपर्ने बताइन ।

राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वाङ्गिण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताइन । कतिपय सरकारी विद्यालयहरुमा पूर्वाधारहरु कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरुको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानु पर्ने बताइन ।

राष्ट्रपति भण्डारीले विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङहरुमा न्यूनिकरण गर्न सकिने दाबी गरिन । राष्ट्रपति भण्डारीले भनिन्, ‘युवा युवतीहरुको बीचमा अपहरण, बलात्कार, हत्या जस्ता विकृतिहरु हटाउनको लागि हाम्रो भोलेन्टियर संस्थाहरुको ठूलो भुमिका हुन्छ ।

हामी सबैले ध्यान लगाउनुपर्ने क्षेत्र भनेको विद्यालय क्षेत्र हो । यो देशमा पैदा भएको नानीबाबु, बच्चा, छोरा, छोरी सकुशल अगाडि बढोस्, उसको स्वास्थ्य राम्रो होस्, उसलाई कुनै आँच नआओस् र उसको सर्वाङ्गिण विकासको क्षमता पाओस् भन्नको लागि विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ ।

अहिले हाम्रो ध्यान पनि त्यतातिर छ र विद्यालय शिक्षालाई कसरी बढी भन्दा बढी समर्थनवान बनाउने भन्ने कुरा सोच्नुपर्छ । अहिले ३५÷३६ हजार विद्यालय छन्, कति त मर्ज गर्नुपर्ने होला, कति त त्यसको पूर्वाग्रहहरु कमजोर छन् । कति त गुणस्तरको समस्या छ, शिक्षकहरुको अभाव छ ।

शिक्षकहरुको वृत्तिको सवालहरु छ । तालिमको कुरा छ । यी थुप्रै कुराहरुलाई समाधान गर्नुपर्छ । स्काउटलाई घर घरमा पु¥याउन नेपालमा गणतन्त्र छ भन्ने थाहा हुनुप¥यो नि । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, राष्ट्रपति छ भन्ने कुरा थाहा हुनुपर्छ ।

शैक्षिक सुधार कार्यक्रममा पनि राष्ट्रपति शैक्षिक सुधार भन्ने हिसावले कार्यक्रमहरु त्यसलाई सहकार्य गर्न सक्नुहुनेछ । पहिलो हाम्रो पाठशाला घर होला तर घरपछिको पहिलो पाठशाला त विद्यालय नै हो । त्यहाँ हामीले सुशिक्षा दिनुपर्छ । यति भयो भने अनुशासनहीन भएर आएका विकृतिहरुलाई समाधान गर्न सकिन्छ ।’

दिमागको छाउपडीको गोठ भत्काउन राष्ट्रपतिको सुझाव

राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताइन । उनले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरु निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन ।

राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलाहरुमाथि आपराधिक घटनाहरु भइरहेकोले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि परिवर्तन आवश्यक छ । आफ्नै ठाउँबाट, आफैँबाट परिवर्तन गर्नुपर्छ । जस्तो यो छाउपडीको कुरा । बास्तवमा यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो नि मानव शरीरको । त्यो नभइकन सन्तान पनि जन्मिदैन ।

तर त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ कि, त्यसबाट पनि धेरै घटनाहरु भएका छन् । शारीरिक दुःख त हुन्छ हुन्छ । बाहिर बस्नुपर्छ । सर्पले डस्नेदेखि, अपराधिक सोच भएकाहरुबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरी आक्रममण हुने गरेका छन् ।

त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकैपटक सम्भव छैन । नेताहरुले छैन भन्छन्, तर त्यही जिल्लामा बढी हुन्छ । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरु सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने ।

मैले यो स्थिती देखेपछि एउटा छेउमा सुरक्षाका लागि बनाउने कुरा गरेको थिएँ । अब त्यो कति क्रान्तिकारी हुन्छ थाहा छैन । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ ।’

महिलालाई पुरुषरह नै अधिकार

महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषरह नै अधिकार दिनुपर्ने बताइन । उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाहरुका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताइन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top