भारतमा एकैदिन थपिए ९० हजारभन्दा धेरै नयाँ संक्रमित

२२ पुस ७८, बिहीबार
Share this
734shares

२२ पुस, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Advertisement

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ९० हजार ९२८ नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो २४ घण्टामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या ५८ हजार थियो। एक साताअघिको तुलनामा भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारतमा कोरोनाको तेस्रो लहर फैलिएको हो। पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Advertisement

त्यस्तै पश्चिम बंगालमा १० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा नयाँ संक्रमितको संख्या १० हजारभन्दा धेरै छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३२५ जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top