कोरोना बढेसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

२१ पुस ७८, बिहीबार

२२ पुस, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ ।

जनवरी १० र ११ तारिख गुजरातको गान्धीनगरमा उक्त कार्यक्रम हुँदै थियो ।  सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो ।

गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ । भारतमा एक दिनमै ९१ हजार कोभिड संक्रमित भेटिएका छन् । गुजरातमा पनि संक्रमितहरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो ।

कार्यक्रम स्थगनको सूचना आफूहरुले पनि जानकारी पाएको दिल्लीस्थित दूतावासका एक जना अधिकारीले बताए । तर, औपचारिक कुनै जानकारी नआएको उनले उल्लेख गरे । ‘जुन कार्यक्रममा प्रधानमन्त्रीज्यू आउन लाग्नु भएको थियो, त्यो नै स्थगित भएपछि स्वतः उहाँको भ्रमण पनि रद्द हुनेछ,’ उनले भने ।

यद्यपि नेपाल वा भारत सरकारले अहिलेसम्म औपचारिक रूपमा देउवाको भारत भ्रमणबारे केही पनि जानकारी दिएको छैन । समिटका पब्लिक रिलेसन डिपार्टमेन्टका अधिकारी पंकज मादोल्करले पनि सम्मेलन स्थगित भएको र नयाँ मिति छिट्टै सार्वजनिक गरिने जानकारी दिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top