अतिरिक्त शुल्क उठाउने केएमसी कलेज पुगेर शिक्षा मन्त्रीले के भने ?

२२ पुस, काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिएका छन् । बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको टिमले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेका भन्दा बढी शुल्क लिएको उजुरीपछि कलेजको अनुगमन गरेका हुन् ।

उनले मेडिकल कलेजमा पढ्न आएका विद्यार्थीका प्रतिनिधिहरुसँग वार्ता गरेर तत्काल समस्याको समाधान गरी कक्षा सञ्चालन गर्न पनि निर्देशन दिए । उनले शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिएको पाएमा ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिए ।

मन्त्री पौडेलले भने, ‘सिडिओ साबले वार्ता बोलाउनुस्, विद्यार्थीका प्रतिनिधिरु, मेडिकल कलेजमा पढ्न आएका विद्यार्थीका प्रतिनिधिहरुसँग वार्ता बोलाउनुस्, त्यसपछि तपाईहरु पनि वार्तामा बस्नुस् । विद्यार्थीले बढी शुल्क लिएको भनेर जो पेस गर्छन्, त्यो उहाँहरुसँग भेरिफाइ गर्नुहोस्, बढी शुल्क लिएको प्रमाणित भएमा मन्त्रालयको ध्यानाकर्षण रहन्छ ।

ऐनले गरेको व्यवस्थाअनुरुप हामी प्रक्रिया अघि बढाउँछौँ । ऐन बिपरित् तपाईहरु पनि जान मिल्दैन । हामी पनि जान मिल्दैन । प्रशासन पनि जान मिल्दैन । नमिल्ने प्रकृतिको ऐन बनाएर दबाव विद्यार्थीले दिएका रहेछन् भने चिकित्सा शिक्षा आयोगलाई हामी सम्बन्धित कारबाही गर्छौं । समस्या हल गर्ने कुरा प्रशासनको पनि हो ।’

होस्टलको ६० हजार लिनु स्वभाविक

त्यस्तै कलेजका प्रधानाचार्य रतिन्द्रनाथ श्रेष्ठले कलेजले चिकित्सा शिक्षा आयोगको ऐनअनुसार होस्टेलको व्यवस्था गरेको र अहिले आयोगले होस्टेल ऐच्छिक भन्न नमिल्ने बताए । उनले करोडौँको लगानी गरेर होस्टेल निर्माण गरेपछि कलेजको शुल्कसहित महिनाको ६० हजार लिनु स्वभाविक भएको बताए । प्रधानाचार्य श्रेष्ठले भने, ‘पहिलो कुरा हामीले होस्टेल कम्पलसरी किन ग¥यौं भन्ने कुरा छ ।

होस्टल कम्पलसरी गर्नुको कारण नेपाल मेडिकल काउन्सिलको प्रावधानमा के लेखिएको छ भने, कुनै पनि मेडिकल कलेजको एमबीबीएस पढाउनलाई विद्यार्थीलाई होस्टल अनिवार्य भनिएको छ । त्यसमा हामीले करोडौँ रुपैयाँ लगानी गरेर होस्टल बनाएका छौँ ।

यदी नराख्ने हो भने होस्टल कम्पलसरी छैन भनेर नियमबाट हटाउनु पर्छ । आयोगको ऐनमा नभएको कुरा आएपछि हामीले मान्ने कुरा भएन नि । होस्टल ऐच्छिक भन्ने अधिकार आयोगलाई कसले दियो । हाम्रो प्रश्न त्यहाँ हो ।

हामीले पैसा धेरै लियो भन्ने कुरा छ, होटलअनुसारको पैसा लिने हो नि, कस्तो व्यवस्था छ त्यही अनुसारको ।’ प्रधानाचार्य श्रेष्ठले ६० हजार महिनाको एमबीबीएसको शुल्क तिर्न कन्जुस्याइं गरे यो स्थितीमा संस्था सञ्चालन गर्न नसकिने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top