सुरक्षाका चुनौतिका विषयमा गृहमन्त्रीले गरे सुरक्षा अधिकारीसँग छलफल

२१ पुस ७८, बिहीबार

२२ पुस, काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

Advertisement

मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको समेत बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही द्वीपक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए । सह सचिव कोइरालाले भने, ‘बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतिका विषयमा छलफल गरियो ।

Advertisement

यसका साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भयो । यसका साथै सम्माननीय प्रधानमन्त्री ज्यूको भारत भ्रमणको सुरक्षा व्यवस्था, तथा केही द्वीपक्षिय सुरक्षाका विषयमा छलफल भयो ।

सुरक्षाको बिस्तृतिकरण गर्ने विषयमा छलफल भएको छ । त्यो विषय हामी सार्वजनिक गर्दैनौँ ।’ सह सचिव कोइरालाले बैठकमा सुरक्षाको बिस्तृतिकरणको विषयमा पनि छलफल भएको बताए ।

Advertisement

केन्द्रीय सुरक्षा समिति प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्थाका विषयमा छलफल भएपनि प्रधानमन्त्री भाग लिन जाने भाइबे्रन्ट गुजरात ग्लोबल समिट भने स्थगित गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top