काजखस्तानमा रुसी सैनिकः अमेरिकाद्वारा विरोध, चीनको समर्थन

Share this
758shares

२४ पुस, एजेन्सी ।
काजखस्तानमा हिंसात्मक प्रदर्शन जारी रहँदा त्यहाँको सरकारले अवस्था नियन्त्रणमा लिनका लागि रुसी सेनालाई बोलाएको छ।

Advertisement

प्रदर्शन नियन्त्रणमा लिनका लागि रुसी सेना बोलाइएकोप्रति अमेरिकाले कडा विरोध गरेको छ। रुसी सेनाको बोलावटलाई लिएर अमेरिकाले प्रश्न गरेको हो। अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले इतिहास हेर्दा रुस कुनै पनि देशमा प्रवेश गरेपछि निस्कन नमान्ने वा निकै कठिन हुने गरेको बताएका छन्।

रुसले भने काजखस्तानमा आफ्ना सैनिकको तैनाथी साझा सुरक्षा सम्झौताअनुसार अस्थायी रुपमा भएको बताएको छ। चीनले पनि काजखस्तानमा स्थिरता कायम गर्नका लागि चालिएको कडा कदमको समर्थन गरेको छ अर्थात रुसी सैनिक प्रवेशको समर्थनमा चीन उभिएको छ।

Advertisement

महंगीविरुद्ध भइरहेको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ। यस्तै १८ जना सुरक्षाकर्मी पनि मारिएका छन्। प्रदर्शनको क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् भने प्रदर्शनकारीले भवनमा आगो लगाउनेसम्म गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top