देउवा–ओली भेटवार्ताः एमसीसी अघि बढाउन एमालेसँग सहयोग माग

२४ पुस, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

Advertisement

एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका थिए ।

करिव एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई विदाई गर्न निस्किएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए । उनले भने, ‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त । कुराकानी राम्रो भयो दुई जनाबीच ।’

Advertisement

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निश्कासन गरेका सांसदहरुलाई सांसद पद नरहेको सूचना सभामुख अग्नीप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ ।

सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार (हिजो) बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दिएको थियो ।

Advertisement

प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौंता संसदबाट पारित गराउनुपर्ने दवाव पनि छ । तर ती विषयहरुमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ ।

एमालेले आफ्नो पार्टीको संसदीय दलले निश्काशन गरेका माधव नेपालसहितका १४ जना संसदमा आएसम्म संसद अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ । प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादनै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेटन उनको निवास बालकोट पुगेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top