विश्वमा कोरोना सङ्क्रमित हुनेको संख्या ३० करोड नाघ्यो

२४ पुस, विराटनगर ।
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० करोड नाघेको छ ।

दुई वर्ष अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० करोड ३८ लाख पुगेको वर्ल्डओमिटरले जनाएको छ । वुहानबाट शुरु भएको कोरोना भाइरसले महामारीको रुप लिएर विश्वका सबैजसो क्षेत्रमा पुगेको छ ।

अमेरिकामा मात्रै ६ करोड भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा साढे तीन करोड र ब्राजिलमा दुई करोड २४ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । विश्वमा संक्रमण पुष्टि भएकामध्ये ५४ लाख ९७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

झण्डै २६ करोड निको भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । खोपको आविष्कार गरेर विश्वभर नै खोप अभियान पनि चलिरहेको छ । खोप अभियानसँगै विश्वमा महामारीको प्रभाव कम हुँदै गइरहेको बेला फेरि नयाँ भेरियन्ट ओमिक्रोनका कारण महामारीको नयाँ लहर चल्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको फैलने क्रम निकै तिब्र भएको भन्दै रोकथामका लागि सावधानी अपनाउन आग्रह गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top