×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

प्रचण्डको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन ओलीले पार्टी एकता गरेः नेपाल

२४ पुष २०७८

२४ पुस, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट निकालेको पीडा खप्न नसकेपछि ओली भुक्दै हिँडेको भन्दै कोही डाक्टर भए उपचार गरिदिन सुझाव समेत दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओलीले आफूले गज्जव काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोप समेत लगाए ।

Advertisement
Advertisement

अध्यक्ष नेपालले ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउँकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको टिप्पणी समेत गरे । ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरुले अलग पार्टी बनाएको उनको दावी थियो ।

अध्यक्ष नेपालले भने, ‘अहिले तपाईँहरुलाई थाहा छ, राप्रपा प्यारो छ, केपी ओलीका लागि । महन्थ ठाकुर प्यारा छन, केपी ओलीका लागि । विदेशीहरु प्यारा छन, उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरु, जसले उनलाई बा भन्दैनन् ।

जसले उसलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरुको जुलुस त्यहाँ पुग्ने गर्दछ । तर बालुवाटारबाट विदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बाको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे ।

त्यो के हो भने–प्रधानमन्त्रीबाट निकालेको पीडा बोलेको । पीडा धेरै भईसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ । तपाईहरु मध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । विचराको त्यो हालत ।

बालुवाटारबाट बालकोट पुग्ने वित्तिकै भुक्नु परेछ । कारण के हो भन्दाखेरी उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो । उनमा दम्भी नेताको विशेषता देखियो । सुन्नुस् कस्तो हुन्छ ती विशेषता–जो आफूलाई ज्यादै स्र्माट सम्झिन्छ । त्यसको अर्को विशेषता–आफै जान्ने, अरु कोही नजान्ने भनेर अरुको कुरा सुन्दै नसुन्ने प्रवृत्ति हुन्छ ।

तेस्रो, उसले सबैको अनादर गर्छ । आफ्नो मात्रै आदरको चाहना राख्छ । त्यो नेतामा सिक्ने प्रवृत्ति हुँदैन । उसले जे बोल्छ, अमर्यादित कुरा मात्रै बोल्छ । कहिल्यै गल्ती स्विकार गर्दैन । कहिल्यै क्षमायाचना गर्दैन । सबैलाई हेप्ने प्रवृत्ति उसमा रहेको हुन्छ । आफूले गज्जव काम गरे भनेर गुड्डी हाँकेर हिँडछ । आफ्नै प्रशंशामा मग्न हुन्छ । अनि पीडाको भावनाले ग्रसित हुन्छ ।

यो कसमा छ ? जाँच्ने काम तपाईको । हामी त्यो प्रवृत्ति भोग्दाभोग्दा वाक्क, दिक्क भएर आयौ । हामी पहिले खुसी भएका थियौं । दुईटा पार्टीहरु मिल्ने भए–एमाले र माओवादी । देशका मुख्य बाम घटकका नेताहरु एक ठाउँमा आउने भए ।

किनभने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनका लागि हामीले नै भूमिका खेलेका थियौं । मै हुँ त्यो महत्वपूर्ण भूमिका खेल्ने मान्छे । लखनउदेखि लिएर सिलिगुढीसम्म पुग्ने मान्छे । रोल्पा पु¥याउने कुराकानी गर्नका लागि, गिरिजाप्रसाद कोइरालालाई दिल्लीसँगै लिएर गएर वार्ता र सहमती गराउने मान्छे । तत्कालीन राजा ज्ञानेन्द्रलाई युद्धलाई अन्त्य गरौं भन्दा सुनेको नसुनै गरे ।

त्यसपछि आफै हामीले पहल ग¥यौं । यस्तो अवस्थामा एउटा ठूलो राम्रो अवस्था आयो भनेर खुशी भएको । झण्डै दुई तिहाईको अवस्था भएको देखिएको । हामी प्रफुल्ल भयौ तर त्यो उद्देश्य अर्कै रहेछ ।

त्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूलाई सिँडीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यहीँ प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नु भयो । बैठकनै नगर्ने ।’

अध्यक्ष नेपालले ओलीले राप्रपाका नेताहरुलाई प्यारो ठान्ने गरेको टिप्पणी पनि गरे । उनले पार्टी भित्र ‘केपी बा’ भन्नेहरुलाई मात्रै ओलीले संरक्षण दिने गरेको बताए । उनले पार्टी नेता, कार्यकर्तालाई ओली दम्भी भएको भन्दै त्यस्तो नबन्न पनि पटकपटक सचेत गराए ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top