लिपुलेकमा भारतले गरिरहेको सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

२५ पौष, काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ ।

नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाले माग गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्माण कार्य रोक्न माग गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पु¥याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए । यस विषयमा जनमोर्चाले विज्ञप्ति जारी गरेर औपचारिक रुपमा विरोध जनाए पनि अन्य राजनीतिक दलहरु मौन छन् ।

गत वर्ष भारतले नेपालको कालापानी क्षेत्र अन्तरगत पर्ने लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको सार्वजनिक भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले भर्चुअल माध्यमबाट सडकको उदघाटन गरेका थिए ।

भारतले नेपाली भूमिमा अतिक्रमण जारी राखेको भन्दै नेपालभर विरोध भएको थियो । सरकारले पनि भारत सरकारलाई कूटनीतिक नोट पठाएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतको कब्जामा रहेका कालीपानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top