नेपालमा करिब आधा जनसंख्याले लगाए कोरोना खोपको पहिलो डोज

२८ पौष, काठमाडौँ । नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०.२ प्रतिशत हो।

यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हो।

Advertisement

तर लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन्।

सरकारले खोप अभियान सुरू गर्दा १८ वर्षमाथि उमेर भएकाहरूलाई लक्षित जनसंख्यामा राखेको थियो। केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिका जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ।

Advertisement

यो हिसाबले १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन्। अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ। तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन्।

यस्तै, १८ वर्ष माथिका ५६.९ प्रतिशत मानिसहरूले भने खोपको पूरा डोज लगाएका छन्। अर्थात १८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन्।

मन्त्रालयकै तथ्यांक अनुसार नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top