×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

रुसले कठोर विकल्पको सामना गर्नुपर्ने अमेरिकाको भनाइ

२९ पुष २०७८

२९ पुस, बीबीसी ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिएकी छन्।

उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उनले त्यस्तो चेतावनी दिएकी हुन्।

Advertisement
Advertisement

युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्य सहित ब्रसल्समा नेटो–रुस काउन्सिलको वार्ता भएको थियो। सन् २०१९ यता उक्त काउन्सिलको यो पहिलो भेट भएको हो।

आक्रमणको आशङ्का

रुसी उपविदेशमन्त्री अलेक्सान्डर ग्रुस्कोले नेटोले मस्कोको मागहरूबारे आफूलाई अनुकूल हुने मागमात्रै सम्बोधन गर्न नसक्ने बताए।

रुसको मागको सूचीमा युक्रेन कहिल्यै नेटोमा सामेल हुनहुन्न भन्ने पनि रहेको छ। युक्रेनसँगको सीमा नजिकै दशौँ हजार रुसी फौज एकट्ठा भएका छन् र त्यसले आक्रमणको आशङ्का गराएको छ। नेटोमा आवद्ध हुने भन्ने लक्ष्य युक्रेनको संविधानको एउटा हिस्सा हो।

तर उपविदेशमन्त्री शरमनले प्रगति गर्नसकिने क्षेत्रहरू रहेको बताइन् र रुसले अब के चाहन्छ भन्ने निर्णय गर्नुपर्ने बताइन्। उनले अमेरिका र नेटो सबै खालको सम्भावनाका लागि तयारी गरिरहेको बताइन्।

कूटनीतिको शक्ति

वेन्डी शरमनले जबर्जस्ती बैठकलाई कूटनीतिको शक्तिको उल्लेखनीय अभिव्यक्ति भनी घोषणा गरेकी छन्।

उनले रुसले चुनौती दिएको भन्नेबारे नेटो सदस्यहरूमाझ मुख्य सिद्धान्तको समर्थनमा पूर्ण एकता रहेको बताइन्। विदेशमन्त्रालयले एउटा बलियो साझा स्थान बनाउनका लागि अमेरिकी प्रयासबारे कसैलाई पनि दुविधामा राखेको छैन।

शरमन आफ्ना समकक्षी सेर्गेइ रिब्कोफलाई राम्ररी चिन्छिन्। उनीहरूले यसअघि सिरिया र इरानी हतियार नियन्त्रणका मुद्दामा सँगै काम गरेका थिए। आठ घन्टा लामो बैठकमा कुनै सम्झौता नभए पनि रिब्कोफले अमेरिकीहरूले रुसी प्रस्तावहरूबारे गहिरो रूपमा अध्ययन गरेको स्वीकार गरे।

रुसले थुप्रै मागहरू जारी गरेको छ जसले नेटोलाई पूर्वतर्फ थप विस्तार गर्न रोक्ने उद्देश्य राखेको छ। आफ्नो सीमा नजिकै नेटोको उपस्थिति घटाउने उद्देश्य पनि रुसको रहेको छ। नेटोले भने ती मागहरू पूर्ण रुपमा अस्वीकार गरेको छ तर हतियार नियन्त्रण र सैन्य अभ्यास सीमित पार्नेजस्ता अन्य विषयमा भने वार्ता गर्न इच्छुक रहेको जनाएको छ।

सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि बनेको गठबन्धन हो र यसमा ३० राष्ट्र सदस्य छन्।

अप्रत्याशित परिणाम

बुधवार ब्रसल्समा भएको वार्तापछि बोल्दै ग्रुस्कोले थप सहकार्यले युरोपेली सुरक्षालाई अप्रत्याशित परिणामहरू दिनसक्ने बताए।

उनले नेटोको पूर्वतर्फको विस्तारले आफ्नो देशका लागि अस्वीकार्य खालका खतराहरू पैदा गरेको बताए। नेटोका प्रमुख यान्स स्टोलटनबेर्गले मस्कोको मागहरूमा केही गर्न नसकिने र त्यसमा युक्रेनको सदस्यतालाई रोक्ने विषय पनि परेको बताए।

Advertisement

उनले युरोपमा अझै पनि नयाँ सशस्त्र द्वन्द्वको वास्तविक खतरा रहेको भन्दै चेतावनी दिएका छन्।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top