×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

व्यापारलाई विकाससँग जोड्नुपर्छ: उद्योग सचिव पोखरेल

२९ पुष २०७८

२९ पौष, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताएका छन् ।

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताएका हुन् ।

Advertisement
Advertisement

सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैँमा आत्मनिर्भर नभएको बताए । उनले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यही अनुसार बुझ्नु पर्ने बताउँदै सरकारले बहुपक्षीय व्यापारमा दुई पक्षीय सम्बन्ध सन्तुलन बनाउनको लागि आवश्यक नीति नीजि क्षेत्रसँग सहकार्य गरेर बनाइरहेको बताए ।

निजी क्षेत्रपनि व्यक्तिगत तथा व्यवसाय भन्दा माथि उठ्नुपर्छ

उनले सरकार हरेक व्यापार तथा उद्योग नीति बनाउन नीजि क्षेत्रसँग सहकार्य गर्न तयार रहेको भन्दै नीजि क्षेत्रले पनि व्यक्तिगत तथा व्यवसाय भन्दा माथि उठेर सरकारलाई सुझाव दिनु पर्ने बताए ।

सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताए । उनले व्यापारलाई विकासको माध्यम बनाउन विकाससँग नजोड्ने किसिमले हेर्दा व्यापारको विस्तारको गन्तव्यमा नपुग्ने बताए ।

सचिव पोखरेलले भने,‘पछिल्लो समय विश्वको अर्थतन्त्र आफैँमा आत्मानिर्भर छैन। पर निर्भर पनि छैन । परस्पर निर्भर विश्वको अर्थतन्त्र रहेको छ । नेपालले यो कुरा बुझ्न जरुरी छ। अहिले हामी हेरक कुरा सबै गर्ने सोच बनाएका हुन्छौं । सबै कुरा गछौं भन्नु केही नगर्नू हो । व्यापारलाई अब विकासको माध्ययबाट हेर्नुपर्छ । यदि व्यापारलाई विकाससँग नजोड्ने छुटै किसिमले हेरियो भने हामी गन्तव्यमा पुग्न सक्दैनौं । पछिल्लो अवधिमा सरकारले हरेक नीति बनाउँदा नीजि क्षेत्रसँग छलफल, विचार संवाद गर्ने गरेका छौं । नीजि क्षेत्रसँग छलफल नगरि कुनै पनि कार्यक्रममा सरकार सहभागि भएको छैन । व्यापार,उद्योग क्षेत्रसँगका सरोकारवाला निकायहरुको विचार लिएर मात्रै सरकार अगाडि बढ्छ । तर, व्यवसायीहरुले व्यक्तिगत र व्यवसाय भन्दा माथि उठेर मुलुकको हीतको लागि सुझाव दिनुपर्छ । अहिलेको आवश्यकता गुणस्तरीय व्यापार हो । पछिल्लो समय सरकारले आयातमा बन्देज विभिन्न वस्तुहरु आयातको लागि देशको आवश्यकता अनुसार सरकारले निर्णय गर्ने छ ।¬’

तीन खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नुपर्छ

त्यस्तै,राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले सरकारले लिएका तीन खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नु पर्ने बताएका छन् । उनले दुईपक्षीय व्यापार विस्तारको लागि सरकार, नीजि क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुने बताए ।

फुँयालले मुलुकको आर्थिक वृद्धिको लागि व्यापार उद्योगको विकास जरुरी रहेको बताउँदै सरकार अहिले पूर्वारधार विकास तथा औधोगिक पूर्वाधार निर्माणमा अगाडि बढेकाले यसलाई पारदर्शिता र समयमा नै काम सक्नुपर्ने सुझाव दिए ।

सरकारले तेस्रो मुलुकसँग व्यापारका लागि चीनसँग भएको पारवहन सम्झौता बलियो रुपमा कार्यान्वयन गर्नुपर्ने भन्दै सदस्य फुँयालले सरकारले दुईपक्षीय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउनु पर्ने बताए ।

सदस्य फुँयालले भने,‘ लिएका तीन खम्बे अर्थ नीति अनुसार अगाडि बढ्नु पर्छ । दुईपक्षिय व्यापार विस्तारको लागि सरकार, नीजि क्षेत्र र सहकारी तीनवटै मिलेर गर्दा सफल हुन्छ । मुलुकको आर्थिक वृद्धिको लागि व्यापार उद्योगको विकास जरुरी रहेको छ । सरकारले अहिले पूर्वाधार विकास तथा औधोगिक पूर्वाधार निर्माणमा अगाडि बढेकाले यसलाई पारदर्शिता र समयमा नै काम सक्नुपर्छ । यसरी सरकारले यो क्षेत्रमा कामै नगरेको भने छैन । आयात भएका वस्तुको लागत घटाउनको लागि सुख्खा बन्दरगाह, आइसिपी निर्माण लगायतका काम गरिरहेको छ । अझ सरकारले तेस्रो मुलुकसँग व्यापारका लागि चीनसँग भएको पारवहन सम्झौता बलियो रुपमा कार्यान्वयको लागि पहल गर्नुपर्छ । सरकारले दुईपक्षिय व्यापारमा रहेका भौगोलिक तथा सामाजिक असमानतालाई हटाउनु पर्ने जरुरी छ ।’

नेपालले विश्व व्यापार संगठनबाट फाइदा लिन सकेनः शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताए । उनले संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकेको बताए । नेपालको अहिले पनि व्यापार घाटा उच्च रहेको अध्यक्ष गोल्छाले बताए । उनले नेपाल जुनसुकै संगठनमा आवद्ध भएता पनि भारतसँग मात्रै ८५ प्रतिशत व्यापार गर्दै आएको बताउँदै अहिले नेपालको निर्यात बढेको र भारतमा अन्य देशबाट आयातमा कडा गरिएका वस्तु नेपालमा कतैबाट ल्याएर उत्पादन गरेर निर्यात नगरे निर्यात घट्ने बताए । उनले विश्व व्यापार संगठनमा आवद्ध भएपनि नेपाली उद्योगमा भएका वस्तु अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन नसकेको बताए ।

राजनीतिक परिर्वतनका कारण उद्योगमा लगानी भएनः शेखर गोल्छा

नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेको बताए । उनले नेपालको अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्ने नभएको बताउँदै विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा रहेको बताए । उनले बजारमा उपभोक्तालाई सामान सस्तो बनाउनको लागि उद्योग तथा आयातमा लाग्ने लागत कम गर्नुपर्ने बताए ।

अध्यक्ष गोल्छाले भने,‘नेपाल विश्व व्यापार संगठनसँग आवद्ध भएर केही फाइदा लिन सकेको छैन । यसमा आवद्ध भएर अन्तराष्ट्रिय छवि राम्रो बनाएको होला । तर, व्यापार तथा उद्योगको लागि केही पनि पाmइदा गर्न सकिएको छैन। यसरी फाइदा लिन नसक्दा आवद्ध हुनु र नहुनुमा केही भिन्नता भएन । सन् १९०४ विश्व व्यापार सिंगठनको सदस्य भएको थियो । तर संगठनमा आवद्ध भएदेखि अहिलेसम्म निर्यातमा उल्लेखिय प्रगति गर्न नसकिएको छैन । नेपालको अहिले पनि व्यापार घाटा उच्च रहेको छ। नेपाल जुनसुकै संगठनमा आवद्ध भएता पनि भारतसँग मात्रै ८५ प्रतिशत व्यापार गर्दै आएको छ । अहिले नेपालको निर्यात बढेकोदेखि पनि भारतमा अन्य देशबाट आयातमा कडा गरिएका वस्तु नेपालमा कतैबाट ल्याएर उत्पादन गरेर निर्यात भारत नगरे निर्यात घट्ने छ । नेपालले साप्टा, डब्लुटिओ, विमिष्टेकका कुरा गने पनि निर्यात बढान सकेको छैन । नेपालमा राजनीतिक परिर्वतनको कारण पनि उद्योगमा लगानी हुन नसकेन । त्यो समयमा लगानी भएका उद्योग पनि विनाश भए । त्यस्तै विभिन्न सडक संचरचना समेत कमजोर भए । भन्सारमाबाट आउने समानको लागत बढ्यो । अहिले संरचनाहरु सुधार भएको छ।े नेपालको अर्थतन्त्रको क्षमता ७ प्रतिशत आर्थिक वृद्धिदर हुने छैन । विगतमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हाराहारीमा हुँदै आएको छ । सरकारले नेपालमा उद्योग स्थापना भन्दा पनि राजश्व वृद्धिमा मात्रै ध्यान गएको छ। भएका उद्योगलाई गुणस्तरीय उत्पादनको लागि सहज कानून बनाउन लागि परेको छैन। नेपालमा विदेशबाट चिनी आयात गरे ४० प्रतिशत राजश्व बढ्छ । बजारमा उपभोक्तालाई सामान सस्तो बनाउनको लागि उद्योग तथा आयातमा लाग्ने लागत कम गर्नुपर्छ ।’

अध्यक्ष गोल्छाले वस्तुको लागत कम गर्नको लागि सरकारले भन्सारसम्म रेल जोड्नु पर्ने बताए । उनले लागत कम गर्ने उदेश्यले सरकारले काठमाडौंमा सुख्खा बन्दरगाह निर्माण गरेर पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेकोप्रति गुनासो गरे ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top