×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

ममता काफ्ले बेपत्ता प्रकरणः अझै एक वर्ष फैसला नआउने

७ श्रावण २०८२
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203
६ साउन , काठमाण्डौं । 
नरेश भट्टविरुद्धको मुद्दा एक वर्षपछि धकेलियो
करिब एक वर्षअघि बेपत्ता भएकी मनासस पार्ककी  नेपाली नर्स तथा एक सन्तानकी आमा ममता काफ्ले भट्टको मुद्दामा न्यायको पर्खाइमा रहेका उनका परिवार र समर्थकहरूलाई ठूलो झट्का लागेको छ।
ममताका श्रीमान् नरेश भट्टविरुद्धको मुद्दा एक वर्षभन्दा बढी समयका लागि पछि सारिएको छ। नरेश भट्टमाथि आफ्नी श्रीमतीको हत्या, शव लुकाएको र शवको  नष्ट गरेको गरी तीनवटा गम्भीर आरोप लगाइएको छ।
मुद्दाको सुनुवाइ अब अक्टोबर २०२६ मा मात्र सुरु हुने भएपछि उनी कम्तिमा त्यतिन्जेलसम्म प्रहरी हिरासतमा रहनेछन्।  सुरुमा यो मुद्दाको सुनुवाइ आगामी सेप्टेम्बर २०२५ मा सुरु हुने तालिका थियो।
तर, अब यो अर्को वर्षको अक्टोबरका लागि सारिएको छ, जसको पूर्व–सुनुवाइ सम्मेलन १० सेप्टेम्बर २०२६ मा हुनेछ। प्रिन्स विलियम काउन्टी सर्किट अदालतकी न्यायाधीश किम्बर्ली ए. अर्भिङले प्रतिरक्षा पक्षको यति लामो ढिलाइको मागमा सुरुमा आश्चर्य व्यक्त गरेकी थिइन्।
उनले नरेश भट्टविरुद्ध प्रारम्भिक आरोप दर्ता भएको दुई वर्षभन्दा बढी समयपछि मात्र सुनुवाइ हुनुलाई “अविश्वसनीय“ भनेकी थिइन्। यद्यपि, अभियोजन पक्षले आफ्नो व्यस्त कार्यतालिकाको कारण देखाउँदै सहमति जनाएपछि उनले मुद्दा स्थगित गर्न स्वीकृति दिइन्।
नरेश भट्टलाई ममता बेपत्ता भएको घटनामा संलग्न भएको आरोपमा गत अगस्ट २२ मा पक्राउ गरी शव लुकाएको अभियोग लगाइएको थियो। पछि डिसेम्बर ४ मा हत्या र शव नष्ट गरेको थप आरोप लगाइएको थियो।
मनासस पार्क प्रहरीले गत शरद ऋतुदेखि करिब ५० पटक खोजतलास गर्दा पनि ममताको शव वा अवशेष फेला पार्न सकेको छैन। शुक्रबारको सुनुवाइको सुरुमा प्रतिरक्षा पक्षका वकिल शालेभ बेन–अब्राहमले ममताको परिवारले भोग्नुपरेको पीडाप्रति गहिरो दुःख व्यक्त गरे।
उनले अभियोजन पक्षबाट २४ जना विज्ञ साक्षी प्रस्तुत गरिने र उनीहरूले उपलब्ध गराएको तथ्यांकको विश्लेषण गर्न थप समय आवश्यक परेको तर्क गरे।
उनले जुलाई २०२६ को मिति प्रस्ताव गर्न चाहेको तर अभियोजन पक्षका वकिल म्याथ्यु स्वीट र सारा सामीको कार्यतालिका व्यस्त भएकाले  त्यो सम्भव नभएको बताएका थिए ।
अभियोजन पक्षकी वकिल सामीले आफूहरू सेप्टेम्बर २०२५ को लागि तयार भए पनि भविष्यमा पुनरावेदन गर्न सकिने कुनै पनि मुद्दाबाट बच्नका लागि ढिलाइमा सहमत भएको बताएकी छिन् ।
न्यायाधीश अर्भिङले प्रमाण प्रस्तुतिका लागि पाँच हप्ताको समय तोकेकी छिन्, जसमा चार हप्ता अभियोजन पक्ष र एक हप्ता प्रतिरक्षा पक्षका लागि हुनेछ।
सुनुवाइका लागि ६ हप्ता छुट्याइए पनि कुनै अप्रत्याशित ढिलाइ हुन सक्ने भन्दै अक्टोबर ५ देखि नोभेम्बर १९, २०२६ सम्म सात हप्ताको समय छुट्याउन दुवै पक्षलाई निर्देशन दिइएको छ।
साथै, ३०० नागरिकमध्येबाट निष्पक्ष जुरी सदस्यहरूको छनोट प्रक्रियाका लागि एक हप्ता लाग्नेछ। सुनुवाइका क्रममा सुन्तला रङको जम्पसुटमा उपस्थित भएका नरेश भट्टले सुरुमा न्यायाधीशको प्रश्नको जवाफ दिएनन्, तर नेपाली दोभाषेमार्फत आफ्ना वकिलसँग छलफल गरेपछि उनले सहमतिमा टाउको हल्लाएका थिए ।
अदालतबाहिर आयोजित पत्रकार सम्मेलनमा ममताकी पूर्व सहकर्मी तथा अभियानकर्ता होली वर्थले अभियोजन पक्षको निर्णयप्रति गहिरो निराशा व्यक्त गरिन्। “हामी श्री स्वीट र सुश्री सामीको कदमबाट अत्यन्तै निराश छौँ,“ उनले भनिन्, “अदालतमा न्यायाधीश पनि यति लामो स्थगन दिन सहज महसुस गरिरहनुभएको थिएन।“ 
अर्की समर्थक तथा घरेलु हिंसा पीडित एन्जल रोडसले काफ्ले परिवारको पीडा व्यक्त गर्दै भनिन्, “यो परिवारलाई हरेक तवरले चुँडालिएको छ र यो स्थगन उनीहरूको पिठ्युँमा छुरा रोपेजस्तै हो। तर पनि उनीहरूले धैर्यतापूर्वक अदालतको आदेश स्वीकार गरे, उनीहरू केवल न्याय र शान्ति चाहन्छन्।“  वर्थले अन्त्यमा भनिन्, “न्यायमा ढिलाइ हुनुको अर्थ न्याय नै नहुनु होइन। तर, म यो भन्न सक्छु कि अहिलेको अवस्था पक्कै पनि सुखद छैन।“
०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भएको थियो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिका उडिन् ।
एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् ।
ममताको न्यायको लागि अमेरिकामा रहेका नेपालीहरुले  त्याहाको प्रहरीमार्फत दबाब अभियान समेत चलाइरहेका छन् । अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा  नरेश बेरोजगार थिए ।
अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ ।
अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।
उनलाई अन्तिम पटक  गतवर्षको जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनले जुलाई २८ मा एक साथीसँग फोनमा कुरा गरेकी थिइन्।
जुलाई २८ मा आफ्नो बच्चा भर्याङ चढ्दै गरेको भिडियो टिकटकमा पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई कसैले देखेको छैन।

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top