नेपालको अर्थतन्त्र संकटमा, सबैजसो सूचक ऋणात्मक

३० पौष, काठमाडौँ । अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक अवस्थामा पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । मूल्य वृद्धि पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

देश भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चितिमा पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा

आर्थिक वर्षको पहिलो पाँच महिनामा भुक्तानी अवस्था एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँ घाटामा पुगेको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा एक खर्ब ६ अर्ब ४८ करोड रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षमा घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार देशको चालु खाता पहिलो पाँच महिनामा तीन खर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा चालु खाता २३ अर्ब रुपैयाँले घाटामा थियो ।

भुक्तानी सन्तुलनको अवस्थाका साथै विदेशी विनिमय सञ्चिति पनि घटेको छ । चालु आर्थिक वर्षको सुरुवातमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति पाँच महिनाको अवधिमा १३ दशमलव दुई प्रतिशतले घटेर १२ खर्ब १४ अर्ब तीन करोड रुपैयाँमा सीमित भएको छ ।

पाँच महिनामा व्यापार घाटा सात खर्ब ३५ अर्ब

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । मङ्सिर मसान्तसम्म वस्तु निर्यात १०५ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब दुई अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने आयात ५९ दशमलव पाँच प्रतिशतले बढेर आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल, सोयाबिन तेल, पिना, धागो तथा जुटका सामानलगायत प्रमुख रहेको देखिन्छ भने आयातमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल लगायत छन् ।

मूल्य वृद्धि दर लक्ष्यभन्दा बढी

चालु आर्थिक वर्षको मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि दर (मुद्रास्फीति) सात दशमलव ११ प्रतिशत रहेको छ । राष्ट्र बैंकले चालु आवमा मूल्य वृद्धि दर ६ दशमलव ५ प्रतिशतभित्रै राख्ने लक्ष्य राखे पनि समीक्षा अवधिमा वार्षिक लक्ष्यभन्दा शून्य दशमलव ६१ प्रतिशत विन्दुले मुद्रास्फीति बढेको देखिन्छ ।

अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ९३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव २५ प्रतिशत रहेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो निक्षेप ६ दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा यो वर्षको मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १५ दशमलव नौ प्रतिशतले बढेको छ ।

रेमिट्यान्स लगातार घट्दो

मुख्य श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाहमा गिरावट आएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६ दशमलव ८ प्रतिशतले घटेको छ । यस अवधिमा कुल तीन खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या ९२ दशमलव ७ प्रतिशतले घटेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top