भारतमा एकैदिन दुई लाख ६८ हजार बढीलाई कोरोना संक्रमण

१ माघ, एजेन्सी ।
कोरोना भाइरस महामारीको तेस्रो लहर सामना गरिरहेको भारतमा दैनिक नयाँ संक्रमित थपिने क्रम तीव्र छ ।

Advertisement

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन दुई लाख ६८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या बिहीबारको तुलनामा चार हजार ६३१ ले बढी हो । २४ घण्टाको अवधिमा भारतमा ४०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

हाल सक्रिय संक्रमितको संख्या १४ लाख १७ हजार ८२० रहेको छ । दैनिक संक्रमणदर १६‍.६६ प्रतिशत रहेको छ ।

भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ६ हजार ४१ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top