×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कोरोनाविरुद्ध सरकारको नयाँ आदेश, के–के गर्न पाइँदैन?

२ माघ, काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि विभिन्न प्रतिबन्धका आदेशहरु जारी गरेको छ। सिनेमा हल, डान्सबार, दोहोरी नाचघर लगायतका ठाउँहरु माघ १५ सम्म बन्द हुने भएका छन्।

आइतबार सरकारको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाउने लगायतका निर्णय भएको जानकारी दिए। सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने भनिएको छ। धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने भनिएको छ। सरकारले जारी गरेका आदेशहरुमा

Advertisement
Advertisement

१. सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ मसान्तसम्म सञ्चालन नगर्ने।

२. गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने। साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ ७ गते पश्चात् त्यस्तो कार्यक्रममा खोप पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने व्यवस्था मिलाउने।

३. विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरहरू, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने। त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई सञ्चालन गर्ने।

४. सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ माघ १५ सम्म सञ्चालन नगर्ने।

५. विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने।

६. मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी २०७८ माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने।

७. सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने। कुनै पनि सामान अनावश्यक रुपमा छुन नहुने। दुई व्यक्तिको बीचमा कम्तिमा दुई मिटरको दूरी कायम गर्ने। मास्क अनिवार्य गर्ने। पटकपटक साबुन पानीले हात धुने र स्यानिटाइज गर्ने गरी सञ्चालन गर्ने। जनस्वास्थ्यसँग सम्बन्धित मापदण्ड पालना गर्ने गराउने दायित्व सबन्धित व्यवस्थापक वा सञ्चालकहरुको हुने।

८. पार्टी प्यालेसमा एकपटकमा कुल क्षमताको बढीमा एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृत लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्न पाइने।

. धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी मात्र सञ्चालन गर्ने।

र,

१०.रंगशालमा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एकपटकमा कुल क्षमताको एकतिहाइ मात्र उपस्थित रहने गरी जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने। उपस्थित दर्शकहरुमध्ये आयोजनाको खर्चमा एक तिहाइ दर्शकलाई ¥यान्डम छनौटको आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने। २०७८ माघ ७ गते पश्चात त्यस्तो खेलकुद कार्यक्रम खोपको मात्र पूरा गरेका व्यक्तिहरुलाई मात्र खोपकार्डका आधारमा रंगशालामा प्रवेश गर्न दिने रहेका छन् ।

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण आगोको झिल्को झै भयावह रुपमा फैलिएको छ । नेपालमा आज ४९६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १२ हजार ५६२ पीसीआर परीक्षणमा ४ हजार ५३४ र २ हजार ५६९ परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार १४ हजार ५५६ को परिक्षणमा ४ हजार ६३६ जना नयाँ संक्रमित पुष्टि हुदा ४ जनाको मृत्यु भएको थियो ।

Advertisement

मन्त्रालयका अनुसार आज कुल परीक्षणको ३६ दशमलव १ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यस्तै आज थप तीन जनाको मृत्यु भएको छ । ४३५ जना डिस्चार्ज भएका छन् । आज देशभरी २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् । जसमा होम आइसोलेनमा २४ हजवार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६जना रहेका छन् ।१२२ जना आइसियु, भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top