अबको दुई हप्ता विशेष सावधानी अपनाउन सुझाव

४ माघ, काठमाडौं ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ ।

दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५–६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताए । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उनको अनुमान छ ।

सङ्क्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय सङ्क्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ । सङ्क्रमित बढेसँगै अस्पताल भरिन थालेका छन् ।

स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुने क्रम बढेकाले केही ठाउँमा स्वास्थ्यकर्मीकै अभाव समेत हुन थालेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढिरहे पनि पालिका, स्वास्थ्य कार्यालय र प्रशासनले परीक्षण बढाउन ध्यान दिएका छैनन् ।

माघ दोस्रो हप्तासम्म कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको विज्ञले बताएका छन् । अबको दुई हप्ता विशेष सावधानी अपनाउनु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउछन् ।

कोरोना सङ्क्रमणको रोकथामका लागि मास्क अनिवार्य लगाउनु र भौतिक दूरी कायम गर्नु नै हो । यो सँगै बेला बेलामा साबुनपानीले मिचिमिची हात धुने र स्यानिटाइजर लगाइरहन डाक्टर मरासिनीको सुझाव छ ।

मास्क नलगाउनेहरुलाई अहिले देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टको समेत सङ्क्रमण हुन सक्ने खतरा रहेकाले मास्क अनिवार्य लगाउन उनको सुझाव छ ।

यसैबीच, कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढे पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत ठाउँमा भिड भने घटेको छैन । यसले जोखिम झनै बढाएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन ।

यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले मापदण्ड पालनामा कडाइ गर्न सकेका छैनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top