×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

जानीजानी आफूलाई कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु

६ माघ, बीबीसी ।
जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको उनको परिवारले बताएको छ।

सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड–१९ विरुद्धको खोप लगाएकी थिइनन्। परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। तर त्यसको दुई दिन पछि उनको मृत्यु भयो।

Advertisement
Advertisement

उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन्। घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए।

“हामीलाई सङ्क्रमण पुष्टि भएपछि वहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्थिन्। तर उनी जतिबेलै हामीसँगै बसिरहिन्,” उनले भने। चेक रिपब्लिकमा बुधवार अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमण पुष्टि भएको थियो।

रेक र उनका बुवाले कोभिड–१९ विरुद्धको खोप लगाए पनि हाना होर्काले खोप लगाएकी थिइनन्। चेक रिपब्लिकमा सिनेमा, बार र क्याफेजस्ता निश्चित स्थानमा प्रवेशका लागि खोप लगाएको कार्ड वा हालै कोभिड सङ्क्रमण भएको प्रमाण पेस गर्नुपर्छ।

हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन्। छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई सङ्क्रमण सार्न चाहन्थिन्। “अब थिएटर, साउना र कन्सर्ट हुनेछ“ मृत्यु हुनुभन्दा दुई दिन अघि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको जानकारी गराउँदै लेखेकी थिइन्।

आइतवार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगा समेत लगाएकी थिइन्। तर अचानक ढाड दुखेर समस्या आएपछि उनी ओछ्यानमा सुतिन्। “त्यसको १० मिनेटमै सबै सकियो। उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो,” छोराले भने।

खोपबारे फैलिएका अफवाहमा विश्वास गरेका कारण आफ्नी आमाले खोप नलगाएको भन्ने कुरा सत्य नभएको रेकको भनाइ छ। “उनको मान्यता के थियो भने खोप लगाउनुभन्दा कोभिड भएकै ठिक छ। खोपबाट शरीरमा माइक्रोचिप्स हाल्छन् भन्ने जस्ता कुरामा विश्वास गरेका कारण नलगाएको चाहिँ होइन,” रेकले भने।

खोपबारे कुरा गर्दा आमा अलि भावुक हुने गरेकाले उनीसँग धेरै कुरा गर्न नसकिएको रेक बताउँछन्। उनले अब आफूले भोगेको पीडा सुनाएर अरूलाई पनि खोप लगाउन प्रेरित गर्न सकिने विश्वास लिएका छन्।

“तपाईँसँग मान्छेको वास्तविक जीवनसँग जोडिएको उदाहरण छ भने त्यो सङ्ख्या र ग्राफभन्दा शक्तिशाली हुन्छ। मानिसहरूलाई सङ्ख्या मात्रै देखाएर सम्झाउन सकिँदैन,” उनी भन्छन्।

एक करोड सात लाख जनसङ्ख्या भएको चेक रिपब्लिकमा बुधवारसम्म २८ हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

सरकारले बढ्दो सङ्क्रमण रोकथामका लागि कामदार र विद्यार्थीले अनिवार्य परीक्षण गरिनुपर्ने जस्ता विभिन्न उपाय अवलम्बन गरेको छ। सङ्क्रमण भए पनि कुनै लक्षण नभएका व्यक्तिका लागि आइसोलेशन अवधि घटाएर पाँच दिन कायम गरिएको छ।

बुधवार मात्रै चेक सरकारले अनिवार्य खोप लगाउने योजना समाजको निश्चित वर्गका लागि स्थगित गर्ने घोषणा गर्‍यो। अनिवार्य खोपको नियम ल्याउन लागिएको भन्दै गत महिना राजधानी प्रागसहित विभिन्न सहरमा हजारौँ मानिसले प्रदर्शन गरेका थिए।

Advertisement

युरोपेली सङ्घका अन्य देशमा ६९ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रामा खोप लगाएका छन्। तर चेक रिपब्लिकमा ६३ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top