NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

जानीजानी आफूलाई कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु

बिहिबार माघ ६ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
जानीजानी आफूलाई कोरोना भाइरस सारेकी चेक गायिकाको मृत्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ माघ, बीबीसी ।
जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको उनको परिवारले बताएको छ।

सन्ताउन्न वर्षीया हाना होर्काले कोभिड–१९ विरुद्धको खोप लगाएकी थिइनन्। परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन्। तर त्यसको दुई दिन पछि उनको मृत्यु भयो।

उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी सङ्क्रमित भएको बताएका छन्। घरमा आफू र बुवालाई सङ्क्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए।

Advertisement

“हामीलाई सङ्क्रमण पुष्टि भएपछि वहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्थिन्। तर उनी जतिबेलै हामीसँगै बसिरहिन्,” उनले भने। चेक रिपब्लिकमा बुधवार अहिलेसम्मकै धेरै कोभिड सङ्क्रमण पुष्टि भएको थियो।

रेक र उनका बुवाले कोभिड–१९ विरुद्धको खोप लगाए पनि हाना होर्काले खोप लगाएकी थिइनन्। चेक रिपब्लिकमा सिनेमा, बार र क्याफेजस्ता निश्चित स्थानमा प्रवेशका लागि खोप लगाएको कार्ड वा हालै कोभिड सङ्क्रमण भएको प्रमाण पेस गर्नुपर्छ।

हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन्। छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई सङ्क्रमण सार्न चाहन्थिन्। “अब थिएटर, साउना र कन्सर्ट हुनेछ“ मृत्यु हुनुभन्दा दुई दिन अघि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको जानकारी गराउँदै लेखेकी थिइन्।

आइतवार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगा समेत लगाएकी थिइन्। तर अचानक ढाड दुखेर समस्या आएपछि उनी ओछ्यानमा सुतिन्। “त्यसको १० मिनेटमै सबै सकियो। उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो,” छोराले भने।

खोपबारे फैलिएका अफवाहमा विश्वास गरेका कारण आफ्नी आमाले खोप नलगाएको भन्ने कुरा सत्य नभएको रेकको भनाइ छ। “उनको मान्यता के थियो भने खोप लगाउनुभन्दा कोभिड भएकै ठिक छ। खोपबाट शरीरमा माइक्रोचिप्स हाल्छन् भन्ने जस्ता कुरामा विश्वास गरेका कारण नलगाएको चाहिँ होइन,” रेकले भने।

खोपबारे कुरा गर्दा आमा अलि भावुक हुने गरेकाले उनीसँग धेरै कुरा गर्न नसकिएको रेक बताउँछन्। उनले अब आफूले भोगेको पीडा सुनाएर अरूलाई पनि खोप लगाउन प्रेरित गर्न सकिने विश्वास लिएका छन्।

“तपाईँसँग मान्छेको वास्तविक जीवनसँग जोडिएको उदाहरण छ भने त्यो सङ्ख्या र ग्राफभन्दा शक्तिशाली हुन्छ। मानिसहरूलाई सङ्ख्या मात्रै देखाएर सम्झाउन सकिँदैन,” उनी भन्छन्।

एक करोड सात लाख जनसङ्ख्या भएको चेक रिपब्लिकमा बुधवारसम्म २८ हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

सरकारले बढ्दो सङ्क्रमण रोकथामका लागि कामदार र विद्यार्थीले अनिवार्य परीक्षण गरिनुपर्ने जस्ता विभिन्न उपाय अवलम्बन गरेको छ। सङ्क्रमण भए पनि कुनै लक्षण नभएका व्यक्तिका लागि आइसोलेशन अवधि घटाएर पाँच दिन कायम गरिएको छ।

बुधवार मात्रै चेक सरकारले अनिवार्य खोप लगाउने योजना समाजको निश्चित वर्गका लागि स्थगित गर्ने घोषणा गर्‍यो। अनिवार्य खोपको नियम ल्याउन लागिएको भन्दै गत महिना राजधानी प्रागसहित विभिन्न सहरमा हजारौँ मानिसले प्रदर्शन गरेका थिए।

युरोपेली सङ्घका अन्य देशमा ६९ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रामा खोप लगाएका छन्। तर चेक रिपब्लिकमा ६३ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.