ब्राजिलियन फुटबलर रोबिन्हो सामूहिक बलात्कारमा सर्वोच्चबाट पनि दोषी ठहर

५ माघ ७८, बिहीबार

६ माघ, एजेन्सी ।
ब्राजिलियन फुटबलर रोबिन्होले सामूहिक बलात्कारमा दोषी ठहर गर्ने तल्लो अदालतको फैसलाविरुद्ध गरेको अन्तिम अपिलमा पराजित भएका छन् ।

उनी सन् २०१३ मा इटालीको मिलानमा एक महिलामाथि भएको सामूहिक बलात्कारमा दोषी ठहरिएका हुन् । इटालीको सर्वोच्च अदालतले बुधबार ३७ वर्षका रोबिन्होको अपिलमा फैसला गर्दै तल्लो अदालतको आदेश सदर गरेको हो ।

अर्थात उनलाई ९ वर्षको जेल सजाय भएको छ । सन् २०१७ मा रोबिन्हो र अरु पाँचजना ब्राजिलियनहरु २२ वर्षकी अल्बानियन युवतीलाई नाइटक्लबमा दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भएका थिए ।

त्यसविरुद्ध गरेको पुनरावेदन अपिलमा सन् २०२० मा रोबिन्हो पराजित भएका थिए । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् । तर सर्वोच्च अदालतले पनि सजायको आदेश सही ठहर गरेको हो ।

रोबिन्हो ब्राजिलमा रहेकाले उनले इटालीमा जेल सजाय पाउने सम्भावना भने छैन । ब्राजिलको कानूनले आफ्ना नागरिकको सुपुर्दगी बन्देज गर्छ, तर इटालीले ब्राजिलसँग रोबिन्होको जेल सजाय उनकै देशमा पूरा गर्न आग्रह भने गर्न सक्ने छ ।

ब्राजिलका लागि १०० खेल खेलेका रोबिन्होले रियल मड्रिडबाट दुईपटक ला लिगा उपाधि जितेका छन् । उनले सान्तोस, म्यानचेस्टर युनाइटेड, एसी मिलानसहितबाट खेलेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top