भारतमा झण्डै आठ महिनापछि एकैदिन तीन लाख बढीमा कोरोना पुष्टि

६ माघ, एजेन्सी । भारतमा झण्डै आठ महिनापछि एकै दिन तीन लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै सङ्क्रमित भएका पनि खबरमा उल्लेख गरिएको छ । भारतमा झण्डै आठ महिनापछि तीन लाखभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका हुन् ।

Advertisement

यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण चार सय ९१ जनाको ज्यान गएको छ । दुई लाख २३ हजार ९ सय ९० जना कोरोनामुक्त भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top