मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

६ माघ ७८, शुक्रबार

७ माघ, विराटनगर ।
सीके राउत नेतृत्वको जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी जनता समाजवादी पार्टीले लिएको भन्दै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री समेत रहेकी रेणु यादवले बिहीबार जनमत पार्टी विरुद्ध अर्को गौर घटना गराउने धम्की दिएको प्रसंग उठाउँदै सो जनमत पार्टीले नरसंहारको धम्की दिने मन्त्री यादवलाई बर्खास्त गरेर कारबाही गर्न माग गरेको हो ।

सो पार्टीका उपाध्यक्ष दिपक कुमार साहले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै चरम आपराधिक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गरेर २०६४ सालको गौर नरसंहारमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् ।

अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गरेर सरकारले कारबाही गर्नुपर्छ, वक्तब्यमा भनिएको छ ।

गौर घटनाका अभियुक्तहरुलाई सुरक्षाकर्मीले विशिष्ठ सुरक्षा घेरामा राखेको भन्दै सो पार्टीले उनीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडितहरुलाई न्याय दिए मात्रै मधेशमा आपराधिक राज समाप्त हुने बताएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आफूलाई कालो झण्डा देखाएको भन्दै मन्त्री यादवले गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार गराउने धम्की दिएकी थिइन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top