तेस्रो लहरमा ३४ को मृत्युः ४ ले मात्र लगाएका थिए खोप

८ माघ, विराटनगर ।
कोरोनाका कारण तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनवरी पहिलो साताबाट सुरु भएको तेस्रो लहरमा मृत्यु भएका ३४ मध्ये ४ जनाले मात्रै खोप लगाएको पाइएको बताएका हुन् । खोपले बचाउँछ भन्ने कुरा विश्वव्यापी नै प्रमाणित भइसकेको कुरो हो।

हाम्रोमा पनि त्यही देखियो, अधिकारीले भने, तेस्रो लहर सुरु भएयता मृत्यु भएका ८८ प्रतिशत बढीले खोप नलगाएको पाइयो।

Advertisement

यस्तै अस्पताल भर्ना हुनेमा पनि खोप नलगाएका नै बढी रहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top