×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

१८ मेगावाटको माथिल्लो सोलु ३० प्रतिशत सम्पन्न,१८ महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य

२९ श्रावण २०७५

काठमाडौं,साउन २९
१८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको ३० प्रतिशत निर्माण पूरा भएको छ । सोलुखुम्बुको सोलु खोलामा निर्माणाधीन यो आयोजनाको १८ महिनाको अवधिमा बाँध क्षेत्रमा सबैभन्दा बढी भौतिक प्रगति भएको आयोजना प्रमुख समन मानन्धरले बताए । उनका अनुसार बाँधको ७० प्रतिशत निर्माण सकिएको छ ।

२ हजार ४ सय मिटर लामो मुख्य सुरुङ ७ सय मिटर खनिएको छ । दशैंपछि ‘आउट लेट’ बाट पनि खन्न सुरु गरिने प्रवद्र्धक बेनीखोला हाइड्रो प्रोजेक्ट कम्पनीले जनाएको छ ।मनसुन सकिएपछि विद्युतगृहमा जग खन्न सुरु गरिने भएको छ । वर्षा याममा हिलाम्य सडकका कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएकाले कामले गति लिन नसकेको मानन्धरले बताए ।

Advertisement
Advertisement

२०७३ फागुनबाट निर्माण सुरु भएको आयोजना अबको १८ महिनामा पूरा गर्ने लक्ष्य छ । आयोजना पूरा भएपछि नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ । आयोजना सम्पन्न गर्न ३ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

आयोजनामा ४ बैंकले २ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् भने १ अर्ब रुपैयाँ स्वपुँजी लगानी छ । निर्माण सुरु भएको डेढ वर्षको अवधिमा अहिलेसम्म आयोजनामा स्वपुँजी लगानीमार्फतको रकम खर्च भइरहेको कम्पनीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top