युक्रेनबारे गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखद्वारा राजीनामा

९ माघ, एजेन्सी ।
जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् ।

युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका बीबीसीले जनाएको छ ।

उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताएका थिए । उनको यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिएका हुन् ।

Advertisement

यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् । रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ ।

पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि आक्रमनको तयारी भनेका छन् । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top