स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा

स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा

१० माघ, एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौँ वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् ।

सुभाषचन्द्र बोसको १५९औँ जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गरेका हुन् ।

‘भारतले एक सयौँ स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौँ,’ मोदीले भने । सन् २०४७ मा भारतले सयौँ स्वतन्त्रता दिवस मनाउनेछ ।

मोदीले अहिलेसम्म भारतलाई हल्लाउने कुनै शक्ति विश्वमा नरहेको जिकिर गरे । ‘स्वतन्त्र भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू । भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन’, उनले भने ।

सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पूरा गरेको मोदीले दाबी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.