शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

Share this
749shares

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् ।

Advertisement

आइतबार शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्तम्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताएका हुन् ।

उनले शहीदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।

Advertisement

‘मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु’ उनले भने ।

शहीदको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदहरुको नाममा विभिन्न मार्गको नामाकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, शहीदहरुको जीवनीसँग सम्बन्धित कुरा प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, शहीदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताए । ‘यस्ता कामहरुलाई राजनीतिवृत्तमा थप विस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ’ उनले भने ।

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटका साथ अघि बढ्नुपर्ने बताए । उनले शहीदका सपनाहरुलाई साकार गर्न उनीहरुका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top