२६ माघ, एजेन्सी ।
फ्रान्सका राष्ट्रपति इम्यायुनल म्याक्रोनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सीमामा संकट बढाउने काम रुसले नगर्ने आश्वासन दिएको बताएका छन्।
फ्रान्सका राष्ट्रपति इम्यायुनलले युक्रेनका राष्ट्रपति जेलेस्कीसँग भेट्नुभन्दा अगाडि पत्रकारहरुसँग भएको छोटो भेटघाटमा भने, ‘स्थिति बिगार्ने किसिमको कुनै पनि काम रुसबाट नहुने मलाई आश्वासन दिइएको छ।’
रुसले पहिलादेखि नै युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै पनि योजना नरहेको बताइरहेको छ। तर युक्रेनसँग जोडिएको रुसको सीमामा रुसले झण्डै १ लाखभन्दा धेरै सैनिकलाई तैनाथ गरेको छ।
अमेरिकी अधिकारीहरुले भने रुसले आक्रमणको लागि आवश्यक ७० प्रतिशत सेनालाई युक्रेनको सीमामा भेला गरेको दावी गरेका छन्।
मस्कोले युक्रेन सरकारले पर मिन्स्क सम्झौता लागू नगर्ने आरोप लगाएको छ। मिन्स्क सम्झौता पूवी युक्रेनमा सेना र रुस समर्थकको आरोप लागेकाहरुको बीचमा संघर्ष बिरामको विषय हो।
फ्रान्सका राष्ट्रपति म्याक्रो यो साता दुवै देशको राजधानीमा राजनीतिक भ्रमणको लागि गएका छन्। सोमबार उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा लगभग ६ घण्टा छलफल गरे। त्यसपछि उनी युक्रेनको राजधानी किभ पुगे।
युक्रेनका राष्ट्रपति जेलेस्कीसँग पत्रकार सम्मलेनमा म्याक्क्रोले भने, ‘रुस र युक्रेनलाई वार्ता अगाडि बढाएर दुई देशबीचमा भएको तनावमा ठोस समाधान खोज्ने मौका आएको छ।’
युक्रेनका राष्ट्रपतिले पनि रुसका राष्ट्रपति पुटिनलाई तनाव कम गर्नको लागि ठोस कदम उठाउन आग्रह गरे। उनले भने, ‘मलाई शब्दमा विश्वास छैन, मलाई लाग्छ हरेक राजनेताले ठोस कदम उठाएर आफ्नो पारदर्शिता देखाउन सक्छन्।’