४८ घण्टाभित्र वार्तामा बस्न रुसलाई युक्रेनको आग्रह

१ फागुन ७८, सोमबार

२ फागुन, एजेन्सी ।
युक्रेनले आफ्नो सीमामा बढ्दो क्रममा रहेको तनाव अन्त्य गर्न रुस र अन्य युरोपेली सुरक्षा समूहका प्रमुख सदस्यबीचको बैठकको माग गरेको छ।
युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले रुसले सीमाक्षेत्रमा सैनिक परिचालनबारे जानकारी माग गरी पठाइएको सबै आधिकारिक आग्रहको बेवास्ता गरेको बताएका छन्। उनले अबको अर्को कदमको रुपमा ४८ घण्टाभित्र रुसको योजनाबारे पारदर्शी जानकारीसहितको बैठकको माग गरिएको उल्लेख गरेका हुन्।

रुसले युक्रेनमा आक्रमण गर्ने आफ्नो कुनै पनि योजना नरहेको बताउँदै आएको छ। तर, पश्चिमा मुलुकले भने रुस आक्रमणको तयारीमा रहेको भन्दै युक्रेनबाट आफ्ना नागरिकहरु उद्धारको कार्यसमेत सुरु गरिसकेका छन्।

युक्रेनका विदेशमन्त्री कुलेबाले आफूहरुले शुक्रबार रुससँग उसको योजनाको विषयलाई लिए जवाफ माग गरेको बताएका छन्। उनले यस मामिलामा रुस गम्भीर भए उसले आफ्नो सैन्य पारदर्शिता देखाउनुपर्ने र सबैको सुरक्षालाई ध्यान दिनुपर्ने बताए।

Advertisement

यद्यपि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने पश्चिमा मुलुकले अनावश्यक डर उत्पन्न गरिरहेको अरोप लगाउँदै तत्काल युक्रेनबाट आक्रमणको जोखिम नरहेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top