प्रधानन्यायाधीशमाथिको महाअभियोग गलत, एमालेले सुझबुझपूर्ण निर्णय गर्छः ओली

२ फागुन, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले नेपाली कांग्रेससहितका सत्ताधारी दलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको बताएका छन् ।

नयाँ बानेश्वरमा आज सोमवार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले दर्ता भएको महाअभियोको प्रस्ताव गलत भएको र स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रका रूपमा यसलाई बुझ्न सकिने बताएका हुन् ।

सत्तापक्ष र प्रतिपक्षबीच संवादको वातावरण बनिरहेका बेला एक्कासी प्रस्ताव दर्ता हुनुमा गम्भीर षड्यन्त्र लुकेको हुन सक्ने उनको भनाइ छ । बैठकमा अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रस्तावका विषयमा एमालेले हतार र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।

यस्तै एमालेले पनि चार जना न्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने हल्ला चलिरहेको विषयलाई लक्षित गर्दै अध्यक्ष ओलीले एमालेले हतारमा नभइ सुझबुझपूर्ण निर्णय गर्ने बताएको नेता घनश्याम भुसालले जानकारी दिए।

Scroll to Top