टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा ऐरीलेको एकै पटक ५२औं स्थानमा छलाङ

४ फागुन ७८, बिहीबार

५ फागुन, काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्गत ब्याटिङ वरीयतामा छलाङ मारेका छन्।

Advertisement

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्रसिंहले एकै पटक ५२औं स्थानमा आएका छन्।

पहिलोपटक टी–२० ब्याटिङमा सवावेश दीपेन्द्रसिंहले पहिलो पटक नै उच्च स्थान पाएका हुन्। उनले ४ सय ४३ रेटिङ अंक पाएका छन्। हालै ओमानमा सम्पन्न चारदेशीय टी–२० सिरिजमा दीपेन्द्रसिंहले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

Advertisement

ओमान र आयरल्यान्डविरुद्धको खेलमा म्यान अफ दी म्याचसमेत भएका उनले तीन खेलमा १ सय ४२ रन बनाएका थिए। ओमानविरुद्ध ७३ रन बनाएका उनले युएईविरुद्ध १ रन र आयरल्यान्डविरुद्ध २८ रन बनाएका थिए।

दीपेन्द्रसिंहले टी–२० ब्याटिङ वरीयतामा पहिलोपटक समावेश हुँदा नाम चलेका क्रिकेटरलाई पछाडि परेका छन्।

Advertisement

उनले भारतीय युवा ब्याट्सम्यान ऋषभ पन्त, सूर्यकुमार यादव, वेस्ट इन्डिजका कप्तान किरन पोलार्ड, वेस्ट इन्डिजकै ब्रान्डन किङ, सिमरोन हेटमायर, इंग्ल्यान्डका लियाम लिभिङ्स्टोन, अस्ट्रेलियाका मार्कस स्टोइनिस र म्याथ्यू वाडेलाई वरीयतामा पछाडि परेका छन्। टी–२० ब्याटिङ वरीयतामा नेपालका कुशल भुर्तेल ६५औं स्थानमा छन् ।

यथास्थानमा रहेका कुशलले ४ सय १३ अंक बटुलेका छन्। ब्याटिङ वरीयतामा पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा छन्। पाकिस्तानका बाबर जाम ८ सय ५ रेटिङ अंकसहित शीर्ष स्थानमा रहँदा पाकिस्तानकै रिजवान ७ सय ९८ अंकका साथ दोस्रोमा छन्।

यस्तै आइसिसीको टी–२० बलिङ वरीयतामा नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ६३औं स्थानमा छन्।

चारदेशीय टी–२० क्रिकेट सिरिजमा औसत प्रदर्शन गरेका सन्दीपले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा ५० विकेट पूरा गरेका थिए। उनले आयरल्यान्डविरुद्धको खेलमा एक ब्याट्सम्यानलाई आउट पार्दै टी–२० खेलमा ५० विकेटको कोसेढुंगा पूरा गरेका हुन्।

अन्तर्राष्ट्रिय टी–२० खेलमा छिटो ५० विकेट लिने सन्दीप तेस्रो खेलाडी हुन्। टी–२० वरीयताको ६३औं स्थानमा रहँदा सन्दीपले ४ सय ३७ रेटिङ अंक बटुलेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top