६ कम्युनिष्ट पार्टीको निष्कर्षः नेपालमा एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा

८ फागुन, काठमाडौँ । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् ।

Advertisement

एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय पनि गरेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीको शनिबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा काठमाडौं उपत्यकाको हकमा आज माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने उल्लेख छ ।

विज्ञप्तिमा अमेरिकी राजदूत ¥याण्डी बेरीका ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र एमसीसी संसदबाट पारित गराउने नेपाल सरकारको अन्तिम कसरतले एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको उल्लेख छ ।

Advertisement

एमसीसीलाई जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनता रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्च र व्यापक बनाउने कर्तव्य हुन आएको पनि उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top