Nepal Times
Nepal Times
3
Shares

लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर ३.२ रेक्टर स्केलको भूकम्प

लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर ३.२ रेक्टर स्केलको भूकम्प

१० फागुन, लमजुङ । लमजुङको बेसीसहर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति २ बजेर २२ मिनेट जाँदा बेसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रबिन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ।

जिल्लामा यसअघि गएको माघ २३ गते दोर्दी गाउँपालिका–८ बन्सार केन्द्रबिन्दु तीन दशमलव दुई रेक्टर स्केलकै भूकम्प गएको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.