नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

१३ फागुन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज बेलुका स्वदेश फर्कन लागेको हो । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोली आज बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाएको छ ।

विश्वकपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराएको थियो ।

सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपाल यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्व कपमा पुग्न असफल भयो । आयरल्यान्ड र यूएई विश्व कपमा पुगेका छन् ।

छनोटको उपाधि आयरल्यान्डलाई हराउँदै यूएईले जितेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.