स्थानीय तह चुनावका लागि अहिलेसम्म २९ वटा दल दर्ता

स्थानीय तह चुनावका लागि अहिलेसम्म २९ वटा दल दर्ता

१३ फागुन, काठमाडौँ । स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन् ।

पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए ।

आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, विवेकशील पार्टीलगायतले निवेदन दिएका हुन् ।

आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचना निकालेर यही १६ गनेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।

सङ्घीय संसदमा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतले स्थानीय तह चुनावका लागि अहिलेसम्म दल दर्ताको निवेदन दिएका छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.