देशका धेरैजसो ठाउँको मौसम धुम्मियो, बेलुकीपख धेरै ठाउँमा पानी पर्ने

देशका धेरैजसो ठाउँको मौसम धुम्मियो, बेलुकीपख धेरै ठाउँमा पानी पर्ने

१३ फागुन, काठमाडौँ । अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए ।

यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ ।

राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् महर्जनले बताए । पश्चिमी न्यून चापीय प्रणालीको असर भोलिसम्म नै रहने छ । पर्सिदेखि भने मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.