युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छः प्रदिप ज्ञवाली

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छः प्रदिप ज्ञवाली

१२ फागुन, काठमाडौँ । एमाले उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेका हुन् ।

‘युक्रेनमा रुसी हस्तक्षेपको कारण भएका विस्फोट, विनाश र पलायन समेटिएका मिडिया रिपोर्टबाट दुःखी छु,’ उनले लेखेका छन्, ‘प्रत्येक राष्ट्रलाई आफ्नो भौगोलिक अखण्डताको रक्षा गर्ने अधिकार छ ।’

रुसी आक्रमण तत्काल बन्द गर्नुपर्ने माग गर्दै उनले लेखेका छन्, ‘राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ । रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.